राजनीति


कुबेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवा सिफारिस

कुबेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवा सिफारिस

नेपालखबर
पुस १७, २०८१ बुधबार २१:१६, काठमाडौँ

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकद्वय कुबेर कडायत र रवीन्द्र केसी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बुधबार साँझ बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले जानकारी दिए। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभागका प्रमुख भरतबहादुर बोहरा अवकास भएपछि दुई एआईजीको पद रिक्त भएको थियो। 

उनीहरु दुवै जना कडायत र केसीकै ब्याची हुन्। तर उमेर हदका कारण अनिवार्य अवकास भएका हुन्। 

एआईजीको प्रतिस्पर्धामा कर्णाली प्रदेश प्रहरी प्रमुख जनक भट्टराई पनि थिए। तर बढुवा समितिले बरियता अनुसार सिफारिस गर्दा उनी भने छुटेका हुन्। 

भट्टराई अब डीआईजीबाटै अवकास हुने भएका छन्। अब चैतसम्म एआईजीको दरबन्दी खालि हुनेछैन। भट्टराई पनि आगामी चैत ५ गते आईजीपी वसन्त बहादुर कुंवरसँगै ३० वर्षे सेवा अवधिका कारण अवकास हुनेछन्। 

कडायत र केसी एआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी रिक्त भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad