राजनीति


नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा

नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा

नेपालखबर
पुस २३, २०८१ मंगलबार २१:४९, काठमाडौँ

नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा भएका छन्।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले रिक्त दुई सहाय रथीमा बरियताक्रम अनुसार महासेनानी गुरुङ र राठौरलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवा सिफारिस समितिले ७ दिने सूचना गत मंसिर अन्तिम साता नै प्रकासित गरेको थियो।

कुनै उजुरी नपरेपछि बढुवा गर्न रक्षा मन्त्रालयहुँदै मन्त्रिपरिषदमा सिफारिस पुगेको हो।

नेपाली सेनाका सहायक रथी प्रेमबहादुर पुन र नकुल रायमाझी उपरथीमा बढुवा भएपछि दुईजना सहायक रथीमा बढुवा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad