कारोबार


वाइफाइ नेपालको नयाँ शाखा वीरगन्जमा, सिमराका विशालले पाए स्कुटर

वाइफाइ नेपालको नयाँ शाखा वीरगन्जमा, सिमराका विशालले पाए स्कुटर

नेपालखबर
पुस २३, २०८१ मंगलबार २२:०, काठमाडौँ

वाइफाइ नेपालको दसैँको बहार खल्ती बाट पेमेन्ट गर्दा स्कुटर उपहार! दुई महिने अभियानको बम्पर पुरस्कार हस्तान्तरण गरिएको छ।

सो अवसरमा, वाइफाइ नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन पनि गरेको छ।

सिमराका विशाल नेपाललाई यो अभियानको भाग्यशाली विजेता घोषणा गरिएको हो। उनले सुजुकी एभेनिस स्कुटर जितेका छन्।

उनी कार्यक्रममा उपस्थित हुन नसकेकाले, उनको तर्फबाट आमाले उक्त पुरस्कार ग्रहण गरिन्।

सो अवसरमा वाइफाइ नेपालका ब्रान्ड एम्बेसडर क्रिकेट आइकन पारस खड्काले उक्त पुरस्कार हस्तान्तरण गरे।

यो अभियानमा खल्ती डिजिटल वालेटले विशेष भुक्तानी साझेदारको रूपमा सहकार्य गरेको थियो।

बम्पर पुरस्कार विजेतालाई सम्मान गर्नुका साथै, वाइफाइ नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन गरेर नेपालभर भरपर्दो र किफायती इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धतालाई अघि बढाएको कम्पनीले जनाएको छ।

कार्यक्रममा पारस खड्काले भने, ‘म वाइफाइ नेपालको यस ऐतिहासिक उत्सवको हिस्सा बन्न पाउँदा खुशी छु। यो ब्रान्डले समुदायहरूलाई जोड्ने मात्र होइन, आफ्ना ग्राहकहरूलाई पनि सम्मान गर्ने कुरा प्रेरणादायक छ। विजेतालाई बधाई तथा वीरगन्जको नयाँ शाखाको लागि शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad