ad ad

राजनीति


कोरोनाबाट जोगिन अमेरिकाले दियो १८ लाख डलर

कोरोनाबाट जोगिन अमेरिकाले दियो १८ लाख डलर

नेपालखबर
चैत ६, २०७६ बिहिबार ९:९,

अमेरिकी सरकारले नेपाल सरकारको नोभल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन थप १८ लाख डलर सहयोगको घोषणा गरेको छ।

यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआइडी) को संक्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्‍चित कोषको एक हिस्सा हो।

कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड–१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुनेछ। बाँकी ७ लाख डलरले विश्‍व स्वास्थ्य संगठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा प्रतिकार्य क्रियाकलापहरूलाई टेवा पुर्‍याउनेछ।

यस आपत्कालीन कोष अमेरिकी जनताको उदार सहयोगका कारण सम्भव भएको जनाइएको छ। यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को खेपका अतिरिक्त हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .