ad ad

समाज


कोरानाका कारण इटलीमा तीव्र गतिमा मृतक र संक्रमित बढे

कोरानाका कारण इटलीमा तीव्र गतिमा मृतक र संक्रमित बढे

नेपालखबर
चैत ६, २०७६ बिहिबार ९:१५,

इटली चीनपछि सबैभन्दा बढी कोरोनाबाट ग्रस्त मुलुक हो।

बिहीबारसम्मको तथ्यांकअनुसार हालसम्म विश्वभर २ लाख २० हजार २२९ कोरोनाबाट संक्रमित बनेका छन्।

इटलीमा भने हालसम्म ३५ हजार ७१३ संक्रमित छन्। त्यहाँ मृतकको संख्या २९ सय ७८ पुगेको छ।

गएको २४ घण्टामा इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ। कोभिड–१९ को प्रकोपपछि एकैपटक ४७५ जनाको मृत्यु भएको यो नै पहिलो घटना हो।

मृतक दरलाई मूल्यांकन गर्दा इटलीमा हाल कोरोनाले धेरै जनाको मृत्यु भएको देखिएको छ। इटलीको मृतक संख्या चीनको भन्दा २६७ ले मात्र कम हो।

हालसम्म चीनमा ८० हजार ९२८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ३२ सय ४५ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .