ad ad

राजनीति


भारतीय राजदूतले गरे मन्त्री अर्यालकाे प्रशंसा

भारतीय राजदूतले गरे मन्त्री अर्यालकाे प्रशंसा

नेपालखबर
चैत ६, २०७६ बिहिबार ८:५४,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताएकी थिइन्।

भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीचमा केही विषयहरु लामो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन्।
‘हिजोदेखी थाती रहेका केही विषयहरु छन्। जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्’, मन्त्री अर्यालले भनिन्, ‘ती कुराहरु यहाँको कार्यकालमा अगाडि बढ्न सकोस्।’

मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीहरु समेत राम्रोसँग पुरा गर्ने अपेक्षा व्यक्त गरिन्।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दुतावासले सहकार्य गर्न सक्ने बताएका थिए। यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताए।

‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्‘ राजदूत क्वात्राले भने, ‘रहेका विषयहरु आपसमा शान्तिपुर्वक बसेर समाधान गर्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .