राजनीति


औषधिमा नागरिकको खर्च कम हुने स्थिति निर्माण गर्न जरुरी : स्वास्थ्यमन्त्री पौडेल

औषधिमा नागरिकको खर्च कम हुने स्थिति निर्माण गर्न जरुरी : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
पुस २२, २०८१ सोमबार १५:१३, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन्।

सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने स्थिति निर्माण गर्ने कोशिस गरिरहेको बताए।

कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट छुट्याइएको तर इआईए हुन नसकेर प्रक्रिया अघि बढ्न नसकेको भएपनि अब छिटै काम अघि बढ्ने जानकारी दिए।

मन्त्री पौडेलले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोशिस गरिरहेका छौँ। अघिल्लो वर्ष झन्डै ८०÷८१ करोडको बजेट यहाँ परेको छ। अब इआईए हुन नसकेर त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन। त्यो काम हामीले छिटो अघि बढाउनेछौँ।’

उनले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको बताए।

मन्त्री पौडेलले कान्ति अस्पतालमै काम गर्ने चिकित्सकका कारण अस्पताल परिवर्तन हुन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad