११ दिनदेखि निरन्तर मूल्य बढाइरहेको उपकार लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा सोमबार ‘ब्रेक’ लागेको छ।
पुस ३ देखि निरन्तर मूल्य बढेको उपकारको मूल्यमा आज १० प्रतिशतले ‘करेक्सन’ देखिएको हो।
सोमबार २९.१२ अंकले बढेर नेप्से २६४०.६८ अंकमा बन्द हुँदा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्यमा हरियाली छायो। कारोबारमा आएका ३१२ मध्ये २२६ वटा सेयरको मूल्य बढ्दा १२ वटाको मात्रै मूल्य घटेको हो।
निरन्तर घटेको बजारले अपेक्षित वृद्धि लिन नसक्दा अधिकांश कम्पनीहरुले भएको मूल्य पनि गुमाउँदै आएका थिए।
मंगलबार भने ती कम्पनीहरुले कमाउन सफल बनेका हुन्। यो दिन आत्मनिर्भर लघुवित्तको कित्तामा ६१२ रुपैयाँले बढेर सकारात्मक सर्किट लाग्दा सुपर माई हाइड्रो कित्तामा १३२ रुपैयाँले अर्थात् ९.७० प्रतिशतले मूल्य बढेको छ।
अन्यको भने ८ प्रतिशतभन्दा तलको मूल्यवृद्धि देखिएको हो।
घट्नेमा भने आज उपकार लघुवित्त र सामुदायिक लघुवित्त वित्तीय संस्था अगाडि छन्। यी दुवैको मूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको हो।
उपकार लघुवित्तको मूल्य पछिल्लो ११ कारोबार दिनदेखि निरन्तर बढिरहेकोमा यो दिन भने उक्त वृद्धिमा ब्रेक लागेको छ। ११ दिनअगाडि अर्थात् पुस २ गते न्यूनतम ३ हजार ३० रुपैयाँ प्रतिकित्ताका दरले कारोबार भएको यो कम्पनीको सेयर आइतबार ४ हजार ८ सय प्रतिकित्ताका दरले कारोबार भएको थियो।
११ दिनमा कित्तामा १७७० रुपैयाँले बढेको थियो। सोमबार भने उक्त वृद्धिमा ब्रेक लाग्दै कित्तामा ४८४ रुपैयाँले घटेर ४ हजार ३५६ रुपैयाँमा कारोबार भएको हो।
सामुदायिक लघुवित्त भने पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर मूल्य बढिरहेको थियो। आज पनि यो कम्पनीको सेयर कित्तामै २३५ रुपैयाँले वृद्धि देखिएको छ।
समग्रमा आज लगानीकर्ताले ६ अर्ब ३० करोडको सेयर किनबेच गरेका हुन्। जसमा लगानीकर्ताले एनआरएन इन्फ्राइन्ट्रक्चर र साहस ऊर्जाको सर्वाधिक कारोबार गरेका छन्।
लगानीकर्ताले आज एनआरएनको २९ करोड र साहस ऊर्जाको १३ करोडको कारोबार गरेका हुन्।
Shares

प्रतिक्रिया