लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको मर्यादाक्रम सबैभन्दा माथि हुनुपर्ने धारणा राखेका छन्।
राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा उनले संघीय सरकारको प्रतिनिधि भएकाले जिल्लाको मर्यादामा प्रजिअ एक नम्बरमा हुनुपर्ने तर्क गरेका हुन्।
‘प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि हो,’ अध्यक्ष रेग्मीले भने , ‘यसकारण जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्छ।’
जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोध गराउन पनि प्रजिअको मर्यादा पहिलो नम्बरमा राख्नुपर्ने उनले बताए।
894
Shares

प्रतिक्रिया