राजनीति


रावलको योजना– मातृभूमि जागरण अभियान चलाउने, त्यसपछि राष्ट्रवादी दल खोल्ने

रावलको योजना– मातृभूमि जागरण अभियान चलाउने, त्यसपछि राष्ट्रवादी दल खोल्ने

नेपालखबर
पुस १७, २०८१ बुधबार १५:२८, काठमाडौँ

नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने भएका छन्।

बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उक्त अभियान चलाउने बताए। ‘देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ,’ रावलले भने, ‘यसै दिशामा हाम्रा कदम अगाडि बढ्नेछन्।’

उनले नेपाली कांगेस (बीपी) र पूर्व सैनिकहरुको संगठनसँग एकता हुनसक्ने संकेत समेत गरे। ‘आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिबिम्बित गर्छ भन्ने ठानेको छु,’ उनले भने, ‘अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।’

दुर्गा प्रसाईं लगायतसँग सहकार्य हुनसक्छ भन्ने प्रकारहरुको प्रश्नमा उनले प्रसाईंले पनि नेपालीको लगानीको कुरा गरेको भन्दै भविष्यमा सहकार्य हुनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad