सत्तारुढ नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि सुरु भएको ‘१०० दिने विशेष अभियान’को समय केही जिल्लामा एक महिना थपेको छ।
नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोप र स्थानीय तह उपचुनावका कारण अभियान हुन नसकेका जिल्लामा समय थपिएको बताएको छ।
समय थप भएका जिल्लमा अभियानको समापन माघ १६ गते गरिने छ भने बाँकी जिल्लामा भने पुस १६ मै हुनेछ।
नेपाली कांग्रेसको गत साउन ३ देखि भदौ १६ सम्म बसेको केन्द्रीय कार्य समितिको बैठकले सय दिने अभियान संचालन गर्ने निर्णय गरेको थियो।
24
Shares

प्रतिक्रिया