कारोबार


विभान्ता डेन्टल र हिमाल डेन्टलसँग प्रभु बैंकको विशेष छुट सम्झौता

विभान्ता डेन्टल र हिमाल डेन्टलसँग प्रभु बैंकको विशेष छुट सम्झौता

नेपालखबर
पुस ११, २०८१ बिहिबार १४:३४, काठमाडौँ

काठमाडौं महानगरपालिका २८, कमलादीको विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौं ४, धुम्बाराहीको हिमाल डेन्टल हस्पिटल प्रालिसँग प्रभु बैंक लिमिटेडले विशेष छुटसम्बन्धी सम्झौता गरेको छ।

योसँगै बैंकका ग्राहक तथा कर्मचारीहरुले यी अस्पतालको दन्त सेवा सुविधामा विशेष छुट पाउनेछन्। 

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका हुन्। 

उक्त सम्झौतापत्रमा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्धनिर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाले हस्ताक्षर गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad