राजनीति


कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो

कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो

नेपालखबर
पुस ८, २०८१ सोमबार १६:५४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन्।

सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा विचलन रहेको बताएका हुन्। उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य भएको दाबी गरे।

सभापति शेरबहादुर देउवाले सबै नेताहरूको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उनको स्पष्टीकरण थियो। सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गरे।

उनले भने, ‘अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ। स्वीकार्नुपर्छ। अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर। ४०/६० को भागबण्डा भनेर भन्नुभयो। मैले पहिला भनेकै हो। तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि। उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ। राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ। यो हामीले बुझ्न जरुरी छ।’

नेता कोइरालाले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेको आरोप लगाए।

उनले भने, ‘त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरुले हो। अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी हो। गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ। अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ। त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ। बीपी, गणेशमान र अरु नेताहरू भएको के गर्नुहुन्थ्यो?’

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढेको स्मरण गरे। अग्रजहरूले देखाएको बाटोमा नेपाली कांग्रेस हिँड्नुपर्ने उनको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad