सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा छविलाल जोशीको बयान भएको छ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा आइतबार मुद्दा दर्ता भएका अभियुक्तहरूको आजदेखि बयान सुरु भएको हो।
आज पूर्वडीआईजी छविलाल जोशीको मात्रै बयान भएको कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले जानकारी दिइन्।
उक्त मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाको बयान हुनेछ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा अभियोगपत्र दायर भएको छ।
330
Shares

प्रतिक्रिया