राजनीति


विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त हुनुपर्छ : महर

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त हुनुपर्छ : महर

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १२:१५, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् । 

प्राज्ञ समूहद्वारा आज काठमाडौंमा आयोजित प्राज्ञिक विमर्श कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘व्यक्तिगतरूपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु। विश्वविद्यालयको स्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएकोछ।’

शिक्षाको उन्नयनका लागि कांग्रेसले देशव्यापी रूपमा 'शिक्षा नीति बहस अभियान' सञ्चालन गरेको महरको भनाइ थियो।

त्रिभुवन विश्वविद्यालय मात्र नभएर नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने उनले बताए।

त्रिभुवन विश्वविद्यालय लगायतमा पदाधिकारी नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति इंगित गर्दै उनले भने, ‘विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा मेरिटोक्रेसीलाई हात्तीको देखाउने दाँत मात्र नबनाएर यसको ध्येय पूरा गर्न सरकार र विश्वविद्यालयका पदाधिकारी गम्भीर हुनुपर्छ।’

यस्तै महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण पनि गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad