मैत्रीपूर्ण फुटसल प्रतियोगितामा राष्ट्रिय सभाको टोलीलाई प्रतिनिधि सभाको टोलीले पराजित गरेको छ। मंगलबार बिहान भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधि सभाको टोलीले १३–० गोल अन्तरले पराजित गरेको हो।
प्रतिनिधि सभाको टोली सभामुख देवराज घिमिरेको नेतृत्वमा र राष्ट्रिय सभाकोा टोली राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा मैदान उत्रिएको थियो।
प्रतिनिधि सभाको तर्फबाट तारामान लामा, सुहाङ नेम्वाङ, माधव सापकोटा र मनिस झाले गोल गरेका थिए। राष्ट्रिय सभाको टोलीले भने एक गोल पनि फर्काउन सकेन।
अहिले संसदका महासचिव नेतृत्वको टोली र सचिव नेतृत्वको टोलीबिच खेल भइरहेको छ। कर्मचारीबिचको प्रतियोगिता भोलि पनि सञ्चालन हुनेछ।
१८ औं संघीय संसद सेवा दिवस– २०८१ का अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको हो।

Shares

प्रतिक्रिया