राजनीति


तीन दिनदेखि प्रधानमन्त्री ओली झापामा

मौसम खराब हुँदा काठमाडौँ फिर्तीमा ढिलाइ
तीन दिनदेखि प्रधानमन्त्री ओली झापामा

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १०:१९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली विगत तीन दिनदेखि गृहजिल्ला झापामा छन्। गएको आइतबार बिहान १० बजे झापा पुगेका ओली आज काठमाडौँ फर्किंने कार्यक्रम छ। 

मंगलरबार बिहानै काठमाडौँ फर्किने तालिका भए पनि मौसम खराब हुँदा प्रधानमन्त्रीको काठमाडौँ फिर्तिमा ढिलाइ भएको उनको सचिवालयले जनाएको छ। 

काठमाडौँ फर्किन ओली अहिले भद्रपुर विमानस्थलमा पुगेका छन्। पौने १० बजेको उडानबाट काठमाडौँ फर्किने तालिका भए पनि भद्रपुर क्षेत्रमा बाक्लो हुस्सु लागेको कारण अहिलेसम्म हवाई उडान हुन सकेको छैन। 

आइतबार र सोमबार झापामा रहँदा ओली आठवटा औपचारिक कार्यक्रममा सहभागी भएका उनको सचिवालयले जनाएको छ। 

यसबीचमा उनले दमकमा निर्मित बहुचर्चित बिजनेस भवनको उद्घाटन गरेका छन्। 

त्यसैगरी मानव सेवा आश्रमको शिलान्यास तथा उद्घाटन, केर्खामा नेपाली सेनाको कार्यक्रममा सहभागी, दमकको बेलडाँडी खानेपानी आयोजनाको उद्घाटन, धनी पूर्जा वितरण, ताजपुरिया समाज कल्याण परिषद्को कार्यक्रममा सहभागी, विर्तामोडमा कार्यकर्ता भेला लगायतका कार्यक्रममा ओली सहभागी भएका हुन्। 

सोमबार एमाले झापा जिल्ला कमिटील बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्तालाई आग्रह गरेका थिए। 

झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा नहुनेमा उनको जोड थियो। 

पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगतरुपमा उच्च नैतिकता कायम गर्न पनि कार्यकर्तालाई आग्रह गरे। ‘हामी देशका लागि केही गर्छौँ, परिवर्तन गछौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ। परिवर्तन ल्याउन साना प्रयासले हुँदैन। ठूला प्रयास गर्नुपर्छ,’ उनले भने, ‘यो काम एमालेले मात्रै गर्न सक्छ। अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ।’

उनलले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न तथा पार्टीभित्रका आपसी मनमुटावलाई सार्वजनिक रुपमा टिप्पणी नगर्न पनि आग्रह गरे।

बीआरआई​बाट देशलाई लाभ हुन्छ
प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताए।

हाललाई बीआरआईमार्फत् देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएको उनको भनाई छ। 

‘अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ। विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ। हामीले ऋण लिएर खुरुखुरु घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ। कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ। बीआरआइलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ। हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad