भारतीय प्रान्त कर्नाटकका पूर्वमुख्यमन्त्री सोमनहल्ली मल्लैया (एसएम) कृष्णाको निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार हृदयाघातका कारण उनको निधन भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो एक वर्षदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनी पटकपटक अस्पताल पुगेका थिए।
एसएम कृष्ण ९२ वर्षका थिए। उनी सन् १९९९ देखि २००४ सम्म कर्नाटकका मुख्यमन्त्री थिए।
साथै उनी भारतका विदेशमन्त्री र महाराष्ट्रका गभर्नर पनि भएका थिए। एसएम कृष्ण पहिले कंग्रेसमा थिए, पछि भाजपामा प्रवेश गरे।
उनलाई भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्मविभूषणबाट सम्मान गरिएको थियो।
उनले आफ्नो राजनीतिक करियर सन् १९६२ मा कर्नाटकको मद्दुर सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा जितेपछि सुरु गरेका थिए।
120
Shares

प्रतिक्रिया