राजनीति


रवि लामिछानेलाई वीरगन्ज पुर्‍याइयो

रवि लामिछानेलाई वीरगन्ज पुर्‍याइयो

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १७:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार पोखराबाट जहाजमा काठमाडौँ हुँदै बाराको सिमरा विमानस्थल लगिएको थियो। त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो। 

लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ। उनलाई पर्साको सोनो पाइला सहकारी ठगीमा अनुसन्धान गर्न सोमबार त्यहाँ पुर्‍याइएको हो। 

मंगलबार उनको बयान गराउने प्रहरी र सरकारी वकिलको तयारी छ। यसअघि आइतबार बेलुका पूर्वडीआईजीसमेत रहेका छविलाल बन्जाडे जोशीलाई गाडीमा लगिएको थियो। उनको सोमबार बयान भएको छ। 

जोशीको बयानपछि लामिछानेसँग बयान गराउने तयारी छ। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न यसअघि नै प्रहरीले अदालतबाट अनुमति पाइसकेको छ। 

सानो पाइला सहकारीको रकम ठगी गरेको आरोप उनीहरूमाथि छ। आइतबार जिल्ला अदालत, कास्कीले ४ दिन म्याद थप गरेकाले यस अवधिमा उनीहरूको बयान सक्ने पर्सा प्रहरीको तयारी छ। त्यसपछि उनीहरूलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ।   

लामिछाने कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय, काठमाडौँबाट पक्राउ परेका हुन्। उनलाई त्यसै दिन कास्की लगिएको थियो।

यसबीचमा उनलाई बुटवल, काठमाडौँ र चितवनका सरकारी वकिलसमक्ष उपस्थित गराएर पनि प्रहरीले बयान लिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad