राजनीति


प्रधानमन्त्री झापा जाँदै, दमकको १८ तले भवन उद्घाटन गर्ने

प्रधानमन्त्री झापा जाँदै, दमकको १८ तले भवन उद्घाटन गर्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०८१ आइतबार ८:२१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान झापा जाँदैछन्। दमक नगरपालिका- ३ दापगाछीमा निर्माण गरिएको १८ तले बिजनेस कम्प्लेक्स भवनको उद्घाटनसहितका कार्यक्रममा सहभागी हुन ओली झापा जान जागेका हुन्। 

दापगाछीमा १ अर्ब ४५ करोड खर्च गरेर निर्माण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी (जेडसीजीआईईसी) र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। 

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि उक्त भवन निर्माण कार्यको  शिलान्यास गरेका थिए। आफ्नो निर्वाचन क्षेत्रमा राज्यको डेढ अर्ब खर्च गरेर ‘भ्यूटावर’ बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचनासमेत हुँदै आएको छ। 

आज बिहान १० बजेको उडानबाट झापा जान लागेका प्रधामन्त्री ओली भोलिसम्म उत्तै रहने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

त्यसक्रममा प्रधानमन्त्री ओलीले झापाको मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad