सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्।
योसँगै विद्रोही समूह राजधानी दमास्कसतर्फ तीव्र गतिमा अघि बढिरहेको छ।
‘हाम्रा लडाकुहरू राजधानीमा प्रवेश गर्न थालेका छन्,’ विद्रोहीहरूले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन्।
सीएनएनसँग कुरा गर्दै एक व्यक्तिले विद्रोही लडाकु बर्जेहनजिकै रहेको र त्यहाँ लडाइँ भइरहेको बताएका छन्।
उनले भने, ‘विद्युत् बिग्रिएको छ र इन्टरनेट सुस्त गतिमा चलिरहेको छ। मानिसहरू घरबाट बाहिर निस्किरहेका छैनन्।’
समाचार एजेन्सी रोयटर्सले गोलाबारीको डरलाग्दो आवाज सुनिएको र दुई जनासँग कुरा गरेको उल्लेख गरेको छ। तर आवाज कहाँबाट आएको हो भन्ने खुल्न सकेको छैन।
सिरियाको अवस्थाको निगरानी गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सुरक्षा बल दमास्कस विमानस्थलबाट पछि हटेको बताएको छ ।
इराकी अधिकारीहरूका अनुसार करिब दुई हजार सिरियाली सैनिक शरण लिन इराक पुगेका छन्।
सिरियाका राष्ट्रपति बसर अल-असदको विरोध गरिरहेका विद्रोहीहरूले एकपछि अर्को क्षेत्र कब्जा गरिरहेका छन्।
Shares

प्रतिक्रिया