राजनीति


ओलीसँग सीले भने : छिमेक कूटनीतिमा नेपाललाई महत्त्वपूर्ण स्थान दिन्छौँ

ओलीसँग सीले भने : छिमेक कूटनीतिमा नेपाललाई महत्त्वपूर्ण स्थान दिन्छौँ

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १८:३७,

चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई छिमेक कूटनीतिमा महत्त्वपूर्ण स्थान दिने बताएका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले नेपालसँगको रणनीतिक साझेदारीलाई अगाडि बढाउने वाचा पनि गरे।

दीर्घकालदेखि दुई पक्षबीचको मित्रतालाई प्रबर्द्धन गर्ने ओलीको दृढ प्रतिबद्धताको सराहना गर्दै सीले चीन र नेपालले द्विपक्षीय सम्बन्ध मजबुत र स्थिर राखेको बताएका थिए।

‘आगामी वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुग्ने उल्लेख गर्दै सीले चीनले आफ्नो छिमेक कूटनीतिमा नेपाललाई महत्त्वपूर्ण स्थान दिने बताए,’ सिन्ह्वाले लेखेको छ।

यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए।

सो क्रममा दुई देशबीच नौ सहमति पत्रमा हस्ताक्षर पनि भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad