प्रधानमन्त्री केपी शर्मा ओली अब केही बेरमा चीन प्रस्थान गर्दै छन्।
अहिले प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा छन्।
उनीसहितको प्रतिनिधिमण्डल अहिले बिहान ११ बजे चीनको बेइजिङ उड्ने तालिका छ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज मंसिर १७ देखि २० गतेसम्मका लाग चीनको भ्रमणमा जान लागेका हुन्।
साथमा उनी पत्नी राधिका शाक्य पनि हुनेछिन्।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग पनि उनले द्विपक्षीय वार्ता गर्नेछन्।
थप विवरण : प्रधानमन्त्रीको भ्रमणमा चीनसँग हुँदै छन् यी सहमति र सम्झौता
मंसिर १७, २०८१ सोमबार १०:४६

प्रतिक्रिया