राजनीति


ओलीसँग काठमाडौँबाट मात्रै ३९ जनाको जम्बो सरकारी टोली बेइजिङ जाने

ओलीसँग काठमाडौँबाट मात्रै ३९ जनाको जम्बो सरकारी टोली बेइजिङ जाने

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १२:१५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा काठमाडौँबाट मात्रै ३९ जनाको जम्बो सरकारी टोली बेइजिङ जाने भएको छ। 

प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने भ्रमणदलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, चिफ अफ प्रोटोकल विष्णुप्रसाद गौतम र प्रधानमन्त्री ओलीका पार्श्ववर्ती लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का छन्।

भ्रमण दलमा ९ जना सांसदहरू पनि समावेश गरिएका छन्। तिनमा अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला र रञ्जिता श्रेष्ठ छन्।

अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पदमसुन्दर जोशी छन्। 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश वज्राचार्य, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्व महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद ढकाल, सोही महाशाखका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका निजी सचिव उदय पोखरेल, परराष्ट्रमन्त्रीका निजी सचिव कमल रावल, शिष्टाचार अधिकृत ऋचा भट्टराई, परराष्ट्र मन्त्रालयको उत्तर–पूर्व एसिया महाशाखाका अधिकृत जानकी ओझा र सुजन लामिछाने, शिष्टाचार सहायक विनोद खनाल पनि भ्रमण दलमा छन्।

प्रधानमन्त्रीको भ्रमण दलमा निजी सहयोगी (भ्याले) का रूपमा जयश्री शाक्य र परराष्ट्रमन्त्री डा. राणाकी निजी सहयोगी अनिता सिंह पनि प्रधानमत्रीको भ्रमण दलमा परेका छन्। 

प्रधानमन्त्रीका सुरक्षा अधिकृत इन्सपेक्टर माधव केसी, राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ संवाददाता प्रकाश सिलवाल, नेपाल टेलिभिजनका वरिष्ठ सहायक क्यामेरापर्सन, प्रद्युम्न ढुंगाना, प्रधानमन्त्रीका निजी फोटोग्राफर आशिष पौडेल भ्रमण दलमा छन्।

प्रधानमन्त्री चीन प्रस्थान गर्नुअघि शिष्टाचार र सुरक्षा अधिकृतका रूपमा दुई अधिकारी बेइजिङ पुगिसकेका हुनेछन्। उनीहरू परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत र नेपाली सेनाको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशक मेजर दिनेश न्यौपाने छन्। भ्रमण दलको सदस्यका रूपमा रहे पनि शिष्टाचार र सुरक्षा प्रबन्धका लागि पहिल्यै बेइजिङ जाने उनीहरू फर्कंदा भने प्रधानमन्त्रीसँगै हुनेछन्। 

प्रतिनिधिमण्डलमा सामेल भएर जानेबाहेक बेइजिङस्थित नेपाली राजदूतावासबाट नेपाली राजदूत कृष्णप्रसाद ओली लगायतका अधिकारीहरू पनि भ्रमणदलमा सामेल हुनेछन्। 

प्रधानमन्त्री ओली १७ मंसिरमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ। 

सो विमानमा उद्योग–वाणिज्य क्षेत्रका अगुवा प्रतिनिधिहरू पनि हुनेछन्। तिनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरी, नेपाल आयात उद्योग संघका अध्यक्ष शंकरप्रसाद पाण्डेय र नेपाल कुटिर एवं साना उद्योग संघका अध्यक्ष उमेशप्रसाद सिंह छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad