सुनसरीको गढी गाउँपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। यसअघि एमालेले जितेको यो वडामा कांग्रेसले एमाले उम्मेदवारलाई २२ मतले पराजित गरेको हो।
कांग्रेस उम्मेदवार तेतर साहु ८१६ मतसहित विजयी हुँदा एमालेका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गरे।
माओवादीका शन्तु उरावले ७७० मत प्राप्त गरे। यहाँ सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। तर अन्तिममा कांग्रेसले बाजि मारेको हो।
तर अघिल्लो चुनावमा तेस्रो स्थानमा रहेको कांग्रेस यसपटक जित्न सफल भयो।
801
Shares

प्रतिक्रिया