बागमती


हेटौंडा १२ मा दुईपटक हारेका कांग्रेसका तिवारी ३ सय मतान्तरले अगाडि

हेटौंडा १२ मा दुईपटक हारेका कांग्रेसका तिवारी ३ सय मतान्तरले अगाडि

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २:२६, काठमाडौँ

हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस अघि लागेको छ।

२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो भएको कांग्रेस उपनिर्वाचनको प्रारिम्भक मतगणनामा नेपाली कांग्रेस करिब ३ सय मतले अघि लागेको हो।

नेपाली कांग्रेसका अर्जुन तिवारीको पक्षमा ११ सय ४७ मत खसेको छ। हालसम्म गणना भएको ३ हजार ४६ मतमा एमालेका उम्मेदवार राजेश नगरकोटीको पक्षमा ७ सय ९४ मत छ। यस्तै, माओवादी केन्द्रका उम्मेदवार रवीन प्रधानको पक्षमा ८ सय ६२ मत खसेको छ। राप्रपाका प्रेमबहादुर भ्लोनले ९६ मत प्राप्त गरेका छन् भने रास्वपाका आशावीर बलले ५२ मत प्राप्त गरेका छन्।

५ वटा बुथको मतगणना सकिँदा ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस वडामा ५ हजार ४८३ मत खसेको थियो। मतगणना जारी रहेको छ। २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा तिवारी पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad