नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा माओवादी विजयी भएको छ।
आइतबार भएको उपचुनावको अन्तिम मतपरिणाम अनुसार माओवादी उम्मेदवार कृष्ण घिमिरेले १०८५ मत ल्याएर निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसका सूर्य तामाङले ५८७ मत पाउँदा नेकपा एमालेका यमबहादुर तामाङले ३३६ मत पाए।
२०७९ को निर्वाचनमा यहाँ कांग्रेस निर्वाचित भएको थियो।
489
Shares

प्रतिक्रिया