स्थानीय तह अन्तर्गत कीर्तिपुर नगरपालिकामा आइतबार रातीदेखि मतगणना गर्ने सर्वदीय बैठकले सहमति गरेको छ।
मतगणना राति १० बजेबाट थालिने निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन।
जसअनुसार सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ।
वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नम्बर वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ।
दुईवटा वडाको मतगणना सकेपछि क्रमशः २, ३, ५, ७, ८, ९ र १० को गणनाा गरिनेछ।
कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनसहित ८ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार छन्।
कीर्तिपुर नगरपालिकामा १० वटा वडा छन्। कार्कीका अनुसार २१ हजार ३ सय ६२ मत खसेको छ। सो पालिकामा ३१११२ मतदाता थिए।
Shares

प्रतिक्रिया