महोत्तरीको रामगोपालपुर वडा नम्बर २ मा मतगणना सुरु भएको छ।
साँझ ७ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।
२१ सय ४१ मतदाता रहेको यस वडामा १५ सय १४ मत खसेको छ। अबको तीन घण्टामा गणना सकिएर नतिजा आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस वडामा वडाध्यक्ष पदका लागि २० उम्मेदवार प्रतिस्पर्धामा छन्।
महोत्तरीको रामगोपालपुर २ मा ३ सय मत गनिसक्दाको मतपरिणाममा नेकपा एमालेले १३२, माओवादी केन्द्रले ९७, नेपाली कांग्रेसले ४८, जसपाले १२ र रास्वपाले १ मत पाएका छन्।
1.3k
Shares

प्रतिक्रिया