राजनीति


कोसी प्रदेशका ७ वटा वडामा कहाँ कति खस्यो मत?

कोसी प्रदेशका ७ वटा वडामा कहाँ कति खस्यो मत?

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १८:१२, काठमाडौँ

कोसी प्रदेशमा शनिबार उपनिर्वाचन भएका एउटा गाउँपालिका र ७ वटै वडामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र विभिन्न जिल्लाका ७ वटा वडामा वडाध्यक्षका लागि मतदान भएको हो।

मोरङको ग्रामथानमा ७१.३३ प्रतिशत मत खसेको छ। ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको मतदानमा १८ हजार ५७८ जनाले मतदान गरेका हुन्।

ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेका छन्। गाउँपालिकाका १२ मतदान स्थलमा २९ वटा मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको हो।

झापाको कनकाइ नगरपालिका ६ मा १५१३ जनाले मतदान गरेका छन्। यो भनेको जम्मा मतदाता संख्याको ७३.५१ प्रतिशत हो।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३  मा ५८.३१ प्रतिशत अर्थात ८९१ जनाले मतदान गरेका हुन्।

तेह्रथुमको लालिगुराँस नगरपालिका–८ मा ९२३ जना र सुनसरीको गढी गाउँपालिका ६ मा २ हजार ६४५ ले मतदान गरेका छन्। लालिगुराँसमा ६२.३२ प्रतिशत र गढी गाउँपालिका ६ मा ७३.०२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।

ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा ७६८ जनाले मतदान गरेका छन्। त्यहाँ ५७.९६ प्रतिशत मत खसेको हो।

उदयपुरको त्रियुगा नगरपालिका १२ मा २५२७ र बेलका नगरपालिका ९ को वडाध्यक्षमा १८८५ मत खसेको छ।

त्रियुगा १२ मा ६५.६८ प्रतिशत र  बेलका ९ मा ६०.१० प्रतिशत मत खसेको हो। यी सबै स्थानमा मतपेटिका संकलन भइरहेको र मतपेटिका संकलन भइसकेपछि रातिबाटै मतगणनाको तयारी रहेको पनि निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad