हेटौंडा–१२ को उपनिर्वाचनमा कुल ५ हजार ४ सय ८६ मत खसेको छ। हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्ष पदमा भैरहेको मतदानमा प्रक्रियामा सो परिणामको मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुल मतदाता ८ हजार ५३ जना रहेकोमा ६८।०८ प्रतिशत मत खसेको हो। दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा पुरुष १ हजार ३७२ महिला १ हजार ६३६ र अन्य १ गरि ३ हजार १३ मत खसेको छ भने विष्णु मावि स्थित मतदान केन्द्रमा पुरुष १ हजार १८३ महिला १ हजार २९१ गरि २ हजार ४७४ मत खसेको छ।
अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।
५ सदस्यीय वडामा माओवादी केन्द्रबाट घलानले वडा अध्यक्ष जित्दा ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका थिए।
उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्।
नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा माओवादीका रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन्।
छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र उम्मेदवार छन्।
मतगणना समेत आजै हुने भएको छ। जसका लागि हेटौंडा २ स्थित सिद्धार्थ माविमा बुथ ल्याइने तयारी भैरहएको छ।
Shares

प्रतिक्रिया