चार देशका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथग्रहण गरेका छन्।
राष्ट्रपतिनिवास शीतलनिवासमा ४ देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ लिएका हुन्।
शपथ लिनेमा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादव छन्।
चार देशका नेपाली राजदूतले राष्ट्रपतिसमक्ष लिए शपथ
54
Shares

प्रतिक्रिया