फिल्म ‘जन्ते बाख्रो’ अभिनेत्री गरिमा शर्मा अनुबन्ध भएकी छन्।
सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्।
गरिमा र निर्माण टिमबीच लिखित सम्झौता भइसकेको छ।
फिल्मको मुख्य भूमिकाका लागि सौगात मल्ल र आशिफ शाह भने यसअघि नै अनुबन्ध भइसकेका छन्।
गरिमा सौगातको जोडीका रूपमा देखिनेछन्। मोडलिङबाट उदाएकी गरिमाले लन्डन टु पेरिस, वर एन्ड वधु र ह्रस्व दीर्घका काम गरिसकेकी छन्।
तर, मुख्य अभिनेत्रीका रूपमा यो उनको पहिलो फिल्म हुनेछ। बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। त्यही कथामा आधारित कमेडी जनरामा फिल्म निर्माण गरिनेछ।
फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ। मुइन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा सन्तोष गौतम र निर्देशक सुनुवारको लगानी छ। हरि हुमागाईंले खिच्ने फिल्मको छायांकन पुस १ गते सुरु गरिनेछ।
Shares

प्रतिक्रिया