राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि नियुक्त भएका राजदूतहरुलाई शपथग्रहण गराएका छन्।
पाकिस्तान, कतार, इजरायल र चीनका लागि राजदूतमा नियुक्त भएका चार जनाले पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको कार्यालय शीतलनिवासले जनाएको छ।
शपथ लिनेमा पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित र चीनका लागि प्राडा कृष्णप्रसाद ओली छन्।
शपथ समारोहमा सरकारका उच्चपदस्थ अधिकारी सहभागी थिए।
69
Shares

प्रतिक्रिया