प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जानकारी गराएका छन्।
शनिबार शीतलनिवासमा भएको भेटमा आसन्न चीन भ्रमण र विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिए।
यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जाँदै छन्।
शीतलनिवास भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको पनि उपस्थिति थियो। राणा शनिबार मात्र चीनबाट स्वेदश फर्किएकी हुन्।
यसअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु र परराष्ट्र मन्त्रालयको टोलीसँऊ छलफल गरेका थिए। चीन जाने प्रतिनिधिमण्डलका सदस्यसँग पनि विमर्श कार्यक्रम राखिएको थियो।
ओलीले एमाले नेताहरूसँग बीआरआईबारे परामर्श गरेका थिए।
-
कांग्रेस सभापति देउवा र चीन जाने टोलीसँग प्रधानमन्त्री ओलीको विमर्श, बीआरआईबारे परराष्ट्रको प्रस्तुतीकरण
-
चीनबाट फर्केपछि मन्त्री राणा : बीआरआई कार्यान्वयन सबै पक्षको सहमतिमा, ऋण लिने अवस्था छैन

Shares

प्रतिक्रिया