राजनीति


बीआरआईबारे समान धारणा बनाउन बालुवाटारमा कांग्रेस-एमालेको छलफल

बीआरआईबारे समान धारणा बनाउन बालुवाटारमा कांग्रेस-एमालेको छलफल

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १८:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि दुई ठूला दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ। 

प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, एमाले उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू छलफलमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

छलफल मुख्य गरी प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईमा केन्द्रित भएको थियो। दुई ठूला दलबीच विदेश मामिलाका विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा कुराकानी भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

‘बीआरआईका सम्बन्धमा जुन टीकाटिप्पणीहरू भइरहेका छन्। यसमा हामी सत्तामा हुने दुई दलकै फरकफरक धारणा देखिनुहुन्न, यसले सन्देश राम्रो जाँदैन, एउटै धारणा बनाउनुपर्छ भन्ने विषयमै कुरा भयो। बीआरआईका विषयमा दुवै दलका नेताहरूले आआफ्ना धारणा राख्यौँ,’ ती नेताले भने। 

बीआरआईका सम्बन्धमा समान धारणा बनाउन कांग्रेस र एमालेले कार्यदल पनि गठन गरेका थिए। 

यसअघि प्रधानमन्त्री ओलीले परराष्ट्रका अधिकारीहरूसँग पनि बालुवाटारमा परामर्श गरेका थिए। 

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि शनिबार नै स्वदेश फर्किएकी छन्। उनले पनि तत्काल ऋण लिने अवस्था नरहेको र बीआरआई सहमतिमै अगाडि बढाउनुपर्ने बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad