राजनीति


आज चीनतर्फ उड्दै परराष्ट्रमन्त्री आरजु

आज चीनतर्फ उड्दै परराष्ट्रमन्त्री आरजु

फाइल तस्बिर: परराष्ट्मन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यी


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार ११:१०, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज (मंसिर १३ गते) चीन प्रस्थान गर्दै छिन्। 

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार मन्त्री राणा अहिले दिउँसो १२:२० बजे सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ प्रस्थान गर्ने कार्यक्रम छ। 

सोमबार बसेको मन्त्रिरिषद् बैठकद्वारा स्वीकृत चीन भ्रमणअन्तर्गत परराष्ट्रमन्त्री राणाले चीनको राजधानी बेइजिङमा मंसिर १४ गते चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने तालिका छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमणको तयारीका लागि राणा आज त्यसतर्फ जान लागेकी हुन्। प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad