बागमती


काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चुरियामाईमा सडकै ढाकेर पल्टिएको लहरी गाडी


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार ११:२०, हेटौँडा

पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ।

वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहीबार (आज) बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार चालक मोक्तानको उपचार हेटौँडा अस्पताल भइरहेको छ। दुर्घटनापछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरी क्रेनको सहायताले कन्टेरन उठाई सडक खुलाउने प्रयास भइरहेको डीएसपी अर्यालले बताए।

लहरी सडकमै पल्टिएका कारण यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न मकवानपुर प्रहरीले सुझाव दिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad