राजनीति


प्रधानमन्त्रीले आज राष्ट्रिय गौरवका आयोजनाको ‘ब्रिफिङ’ लिने

प्रधानमन्त्रीले आज राष्ट्रिय गौरवका आयोजनाको ‘ब्रिफिङ’ लिने

नेपालखबर
मंसिर ९, २०८१ आइतबार ९:२५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको अवस्थाको विषयमा आज सम्बन्धित आयोजनाका अधिकारीहरुसँग ब्रिफिङ लिँदैछन्। 

आयोजनाको पछिल्लो प्रगति विवरण र समस्याका विषयमा आइतबार दिउँसो तीन बजे प्रधानमन्त्रीले सिंहदरबारमा ब्रिफिङ लिन लागेका ओलीको सचिवालयले जनाएको छ।

सरकारले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको जनाए पनि तिनको प्रगति विवरण भने सन्तोषजनक छैन। धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन्।

विज्ञहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रताका साथअघि बढाउन छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आवाजसमेत उठाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad