गण्डकी


रवि लामिछानेलाई पाँचौँपटक अदालत पेस गरिँदै

रवि लामिछानेलाई पाँचौँपटक अदालत पेस गरिँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०८१ आइतबार ९:४६, पोखरा

सहकारी ठगी प्रकरणमा संगठित अपराधको मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज पाँचौँपटक जिल्ला अदालत कास्कीमा पेस गर्दै छ।

गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) ल्याइएका लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथोपटक कात्तिक २५ गते थपेको १३ दिनको म्याद शुक्रबार नै सकिएकाले प्रहरीले थप म्यादको अनुमति लिन लागेको हो। 

त्यसका लागि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो। 

उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति  शुद्धीकरणको मुद्दामा अनुसन्धान गरिरहेको छ।

यसबीच लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि पनि पोखराबाट बुटवल लगिएको थियो। त्यहाँ बयान सकाएर प्रहरीले उनलाई पुन: पोखरा नै ल्याएको हो। 

अब उनलाई स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि काठमाडौँ पनि लाने तयारी छ भने चितवनको सहारा सहकारीको रकम अपचलन गरेको आरोप पनि उनलाई लागेको छ। दुवै ठाउँबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेका छन्।

पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टीभीको माउ संस्था गोर्खा मिडियामा रकम लगिएको र त्यसमा रविको प्रत्यक्ष संलग्नता भएको भन्ने संसदीय विशेष समितिको ठहरपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

सूयदर्शन ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा काठमाडौँ लगेर बयान लिइसकिएको छ। काठमाडौँमा बयान सकेर प्रहरीले उनलाई पोखरा फर्काइसकेको छ। 

अब प्रहरीले रविलाई पनि काठमाडौँ लाने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad