नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित नेकपाको कार्यक्रममा उनले सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली बचाऊमा केन्द्रित हुनुपरेको जिकिर गरे।
‘यो सरकार पनि के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौं,’ विप्लवको भनाइ थियो, ‘सरकारले कहिले काम गर्ने हो? प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो? सरकार ढल्दैन है भन्दै भोषण गर्ने। आजकाल केपीजी हुनु भएको छ। केपीजीको पनि कामै के छ भन्दाखेरी जम्माजम्मी यो सरकार ढल्दैन भन्ने।’
सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको पनि उनको भनाइ छ। भ्रष्टहरुले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको दाबी समेत विप्लवले गरे।
Shares

प्रतिक्रिया