नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियाको टेलिकममा आफ्ना अध्यक्ष केपी शर्मा ओलीको लगानी रहेको भन्ने प्रचार गरिएको बताएका छन्।
शुक्रबार एमालेले गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफ्ना अध्यक्षले त्यसलाई प्रमाणि गरे त्यसमा रकम थपरेर दिने सार्वजनिक घोषणा गर्दा पनि त्यस्तै प्रचार भइराखेको बताए।
‘कम्बोडियाको टेलिकममा केपी शर्मा ओलीको लगानी भनेर स्याल हुँइयाँ मच्चाउने प्रयत्न भइरहेको छ,’ पोखरेलले भने, ‘हाम्रो अध्यक्षले भन्नुभएको छ, लगानी छ भन्ने प्रमाणित गरुन, त्यसमा थपेर त्यो लगानी सम्बन्धि व्यक्तिलाई दिन्छु भनेर रोष्टममा उभिएर भाषण गर्दा पनि त्यही विषयलाई चर्चा गर्ने गरिन्छ।’
उनले एउटा देशको टेलिकममा भएको लगानी अपारदर्शी हुनसक्ने समेत दाबी गरे। पोखरेलले भने, ‘एउटा देशको टेलिकम कम्पनीमा कसको लगानी छ भन्ने कुरा अपारदर्शी हुनसक्दछ? तर, नेपाली समाजमा केही व्यक्ति छन्, जसले जे कुरालाई पनि सड्यन्त्रको ढाँचाबाट प्रस्तुत गर्दछन्।’
Shares

प्रतिक्रिया