राजनीति


भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १०:३३, काठमाडौँ

नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। 

शुक्रबार दिउँसो साढे चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओलीसँग द्विवेदीले भेटवार्ता गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ। 

गएको बुधबार नेपाल भ्रमणमा आएका द्विेदीलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। 

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रमपश्चात् उनले राष्ट्रपतिसँग पनि शिष्टाचार भेटघाटसमेत गरेका छन्। 

द्विवेदीले आजै नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

भोलि (शनिबार) द्विवेदी पोखरामा भूतपूर्व सैनिकहरुको र्‍यालीमा सहभागी हुनेछन्। त्यहाँ उनले विभिन्न पुरस्कार प्राप्त गर्नेहरूलाई सम्मान गर्ने कार्यक्रम पनि छ। उनी आइतबार मात्रै भारत फर्कनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad