कारोबार


नेपालको अर्थतन्त्रलाई पहिलोपटक क्रेडिट रेटिङ

नेपालको अर्थतन्त्रलाई पहिलोपटक क्रेडिट रेटिङ

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १०:५५, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले नेपालले इतिहासमै पहिलोपटक क्रेडिट रेटिङ हासिल गरेको बताएका छन्।

 नेपालको अर्थतन्त्रको अवस्था कस्तो भन्ने अन्योल चिर्दै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको जानकारी दिएका हुन्। 

दक्षिण एसियामा भारतपछि नेपालको रेटिङ राम्रो रहेको बताइएको छ।

मन्त्री पौडेलले यो सबै नेपालीका लागि  खुसीको कुरा भएको बताए। 

फिच रेटिङ एजेन्सीले बिहीबार सार्वभौम साख क्षमता सार्वजनिक गरेको छ।

सार्वभौम क्रेडिट  रेटिङमा बीबी माइनस पाएको छ। जसले नेपालले वैदेशिक ऋण सस्तोमा ल्याउन सहज हुने मन्त्रालयले जनाएको छ। 

यो रेटिङ हाम्रो सुरुवात हो। आवधिक रूपमा रेटिङ गराउँछौँ, मन्त्री पौडेलले भने, नेपालमा लगानीको वातावरणमा बनेको छ। तर केही सुधारका सुझाव दिएको छ। 

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने र आगामी दिनमा आफ्नो स्तर बढाउँदै जाने उनले बताए।

रेटिङमा मूलत: अर्थतन्त्रका ४ क्षेत्रमा अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचक लेखाजोखा गरेको थियो।

स्ट्यान्डर्ड चार्टड बैंकका प्रतिनिधिले ट्रिपल सी माइनसको आधारमा रिस्क प्रिमियम लिने गरेकामा हब प्रिमियम घटेर नेपाललाई फाइदा गर्ने मन्त्री पौडेलको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad