नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नक्कली कागजातको कारखाना सुरु गरेको आरोप लगाएका छन्।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको दाबी गर्दै सांसद थापाले प्रसाईंलाई पक्राउ गरी प्रमाण पुष्टि गर्न माग गरेका छन्।
व्यवसायी प्रसाईँले सोमबार प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाउँदै प्रमाण भनी सञ्चारमाध्यममार्फत विभिन्न कागजात सार्वजनिक गरेका थिए।
सोही विषयमा मंगलबार सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै सांसद थापाले प्रसाईंले ‘नक्कली कागजातको कारखाना’ सुरु गरेको दाबी गरेका हुन्।
प्रसाईं ‘विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित’ व्यक्ति भएको आरोप लगाउँदै थापाले भनेका छन, ‘अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस्।’
यसैबीच यो खबर तयार पार्दासम्म प्रसाईंलाई प्रहरीले पक्राउ गरिसकेको छ।
Shares

प्रतिक्रिया