राजनीति


मन्त्रिपरिषद् बैठकअघि देउवा–ओली बालुवाटारमा भेट्दै

मन्त्रिपरिषद् बैठकअघि देउवा–ओली बालुवाटारमा भेट्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १२:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट हुने भएको छ। उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे चार बजे छलफल हुन लागेको हो। 

आज नै साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ। त्यसअघि नै ओली र देउवा शीर्ष नेताहरूसहित बस्न लागेको बुढानीलकण्ठनिकट स्रोतले जानकारी दियो। प्रधानमन्त्रीको भ्रमण, मन्त्रिपरिषदमा हेरफेर लगायतका विषयमा छलफल गर्न पछिल्लो समय देउवा-ओली भेटघाट बाक्लिएको छ। 

आफ्नो भ्रमण र मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा कांग्रेसलाई विश्वासमा लिन प्रधानमन्त्री ओली आफैले पहल गरेर देउवासँग भेटघाट बढाएका छन्। देउवा-ओलीबीचको छलफलपछि नै मन्त्रिपरिषद् बैठकले भ्रमण लगायतका विषयमा निर्णय लिने बताइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad