कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा उनले आइतबार दिउँसो आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन्। कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपचुनाव हुन लागेको हो।
84
Shares

प्रतिक्रिया