सत्तारुढ नेकपा एमालेले श्रीलंकामा हालै सम्पन्न सम्पन्न संसदीय निर्वाचनमा वामपन्थी पार्टीले बहुमत हासिल गरेकोमा खुसी व्यक्त गरेको छ। बिहीबार भएको संसदीय चुनावमा त्यहाँको वामपन्थी गठबन्धन नेसनल पिपुल्स पावर (एनपीपी)ले दुई तिहाई बहुमत हासिल गरेको थियो।
एनपीपीले २२५ मध्य १५९ संसदीय क्षेत्रमा जित हात पारेको थियो। त्यस्तै दुई महिनाअघि भएको राष्ट्रपतिको निर्वाचनमा वामपन्थी दल जनता विमुक्ति पेरामुना (जेभीपी) नेता अनुरा कुमार देशनायके बिजयी भएका थिए।
निर्वाचनको माध्यमबाट नै जनताको सेवा गर्न सकिन्छ भन्ने प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउने विश्वास समेत एमालेको छ। ‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभीपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपीपी र राष्ट्रपति अनुरा कुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया