कला


विनोद बाजुरालीको गीत ‘हियारै’लाई युट्युबमा करोड भ्युज

विनोद बाजुरालीको गीत ‘हियारै’लाई युट्युबमा करोड भ्युज

नेपालखबर
मंसिर २, २०८१ आइतबार १३:२९, काठमाडौँ

गायक एवम् संगीतकार विनोद बाजुरालीको ‘हियारै’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। शुभारम्भ डिजिटल म्युजिक युट्युब च्यानलमार्फत करिब २ महिनाअघि सार्वजनिक गीतलाई १ करोड भ्युज मिलेको हो। 

सार्वजनिक भएसँगै यस गीतलाई दर्शकले रुचाएका थिए। टिकटकदेखि रिल्ससम्म यो गीत निकै चर्चामा छ। एक करोड भ्युज पाएसँगै गायक बाजुरालीले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्। 

गीतमा बाजुरालीकै शब्द, स्वर, संगीत र संयोजन छ। साथै स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। नेपाली लोक भाका समिश्रित र दोहोरी ढाँचामा रहेको यो गीत नयाँ शैलीको छ। हियारैको अर्थ हृदय हो।

शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको गीतको भिडिओ मौसम हिमालीको निर्देशन गरेका हुन्। गीतको भिडिओमा देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनय छ।

बाजुराली दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय देउडासहित लोकदोहोरी गायनमा चर्चित छन्।

बाजुरालीले गाएका हुनेवाला जीवन साथी, बाटो लामो रारा, घर मेरो प्रदेश नम्बर सातलगायत गीत लोकप्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad