राजनीति


महीन्द्र राय नेतृत्वको नेसपाले उपनिर्वाचनमा माओवादी केन्द्रलाई सघाउने

महीन्द्र राय नेतृत्वको नेसपाले उपनिर्वाचनमा माओवादी केन्द्रलाई सघाउने

नेपालखबर
मंसिर २, २०८१ आइतबार १०:२३, काठमाडौँ

संघीय संसद्‍मा एक सिट रहेको महीन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रलाई सघाउने निर्णय गरेको छ।

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पार्टीले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएकाे सो पार्टीका महासचिव रमेशप्रसाद यादवले जानकारी दिए। 

‘स्थानीय तहको उपनिर्वाचनमा हाम्रो पार्टी माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर चुनावमा सहभागी हुँदैछ,’ यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माओवादी केन्द्रका उम्मेदवार रहेका पालिका र वडाहरुमा हाम्रो पार्टीको पूर्णरुपमा सहयोग रहनेछ।’

नेसपाका संघीय सांसद महीन्द्र यादव पनि २०७९ को निर्वाचनमा सर्लाही १ बाट माओवादी केन्द्रकै चुनाव चिह्नबाट निर्वाचित भएका थिए। नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भइसकेको छ। महीन्द्र राय यादव डा.बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन्।

नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबीच पनि काठमाडौँमा चुनावी तालमेल गर्ने सहमति भएको छ।

सो सहमति अनुसार कीर्तिपुरको मेयर र वडाहरुमा एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने र काठमाडौँको वडा नम्बर १६ मा माओवादी केन्द्रले एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने सहमति छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad